भाषविद्, साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्मा ’नेपाल’को निधन

ssapana44@gmail.com' jamuna aryal
७ बैशाख २०७६, शनिबार १७:४१

काठमाडौं  भाषविद्, साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्मा ’नेपाल’को निधन भएको छ ।

नेपालको शनिवार दिउँसो चावहिलस्थित आफ्नै निवासमा निधन भएको हो । ९१ वर्षीय नेपाल केही समयदेखि अस्वस्थ थिए। उनको छातीमा सङ्क्रमण भएको थियो ।

उनका ’नेपाली शब्दसागर’ शब्दकोश तथा अन्य दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् । नेपाली शब्दसागरमा एक लाख २५ हजार मूलशब्द प्रविष्ट छन् ।

संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद् पनि काम गरेका थिए ।

विभिन्न संस्कृत कृतिहरु नेपालीसमेत अनुवाद गरेका नेपालको पहिलो कृति ’युगको वारिस’ विसं २००८ मा प्रकाशित भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१