लाखौको भन्सार छलीको मोवाईलसहित एक जना पक्राउ

ssapana44@gmail.com' jamuna aryal
७ बैशाख २०७६, शनिबार १४:२५

लहान – भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई आज सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतमा निर्वाचन र पत्रकारहरुले मिशन बोर्डर चलाएको कारण सिमाक्षेत्रमा अवैद्य कारोबार केही समय तस्करीमा ह्रास आएपनि भन्सारको आँखामा छारो हालेर राजस्व छलीले निरन्तन्ता पाइरहेको छ । 

यसैक्रममा गोलबजारको चोहर्वा वस्ने प्रविन परियारले साढे तीन लाखको मोबाइल भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीका डिआईजी प्रविन श्रेष्ठको टोलीले धनगढीमाईको सोनापुर नजिकबाट आज बरामद गरिएको छ । 

परियारले राजु इन्टरप्राइजेजको पान नम्बर ३०१७३३४९० मा मूल्य नतोकिएको ८५ थान मोवाईलको बील बनाएर नक्कली कारोबारमा मोवाईल लैजादै गरिएको सरोकारवाला निकायको दावी छ । बरामद गरिएको मालसमान र परियारलाई रिहा गर्न साँसद र प्रदेश २ का एक राज्यमन्त्रीको दवाव आइरहेको प्रहरी स्रोतको दावी छ ।

केही समयता सिरहाको दक्षिण सिमावर्ती क्षेत्रमा भारतबाट कपडा, इलेक्ट्रोनिक, किराना मालसमान भन्सार छली गरी नेपाल भित्रिने गरेको छ भने नेपालबाट तेस्रो मुलुका मरिच, स्याउ, सुपारी, मदिरा चोरीलुकी सिमावर्ती प्रहरीको मिलोमतोमा निकासी भइरहेको छ ।

लहानका केही ठूला व्यापारी यत्तिबेला सप्तरीको सिमाक्षेत्रबाट अवैद्य मालसमान भारत निकासी गरिरहेको खुलासा भएको छ ।प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१