कुन उमेरका मानिस कति घन्टा सुत्नुपर्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७६, शनिबार ०५:३६

स्वस्थ सुत्ने विषयको प्रसङ्ग आउँछ, हरेकको दिमागमा एउटा प्रश्न आउँछ । कति घन्टा सुत्दा शरीरलाई उपर्युक्त हुन्छ ? उमेर र विभिन्न व्यक्तिको जीवनशैली अनुसार सुताईमा भर पर्छ । स्लिप हेल्थ जर्नलमा प्रकाशित अनुसार कुनै पनि व्यक्ति स्वस्थ रहन निम्न समय सुत्नुपर्छः

नवजात शिशु (तीन महिनासम्मको) हरेक दिन १४ देखि १७ घन्टा सुत्नुपर्छ ।

१देखि २ वर्षको बच्चा हरेक दिन ११ देखि १४ घन्टा सुत्नुपर्छ

स्कुल जाने उमेर नपुगेका भएका बालबालिका (तीनदेखि पाँच वर्ष) दैनिक १० देखि १३ घन्टा सुत्नुपर्छ ।

स्कुल जाने बालबालिका (६ देखि १३ वर्ष उमेर) का बालबालिका हरेक दिन ९ देखि ११ घन्टा सुत्नुपर्छ ।

किशोरकिशोरी (१४ देखि १७ वर्ष ) किशोर किशोरी हरेक दिन ८देखि १० घन्टा सुत्नुपर्छ ।

१८ देखि २५ वर्षका युवा युवतीहरु दैनिक ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ ।

२६ वर्षदेखि ६४ वर्षका वयस्यकरु दिनमा ७ देखि ९ घन्टा सुत्नुपर्छ ।

६५ वर्षका पाका मानिसहरुलाई दैनिक ७देखि ८ घन्टा सुत्दा पर्याप्त हुन्छ ।

गर्भवती महिला राती ८ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुत्नु पर्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१