बाग्मती सरसफाई तथा बस्ती व्यवस्थापनमा ढिलासुस्ती: सौन्दर्यीकरणका नाममा १ अर्ब ९१ करोड स्वाहा !

ssapana44@gmail.com' jamuna aryal
६ बैशाख २०७६, शुक्रबार ११:२९

काठमाडौं – बाग्मती सुधार आयोजनामा फोहोर व्यवस्थापन, बाग्मती सौन्दर्यीकरण, बाग्मती सरसफाई तथा बस्ती व्यवस्थापनमा ढिलासुस्ती देखिएको छ ।

सहरी विकास मन्त्रालय तथा सहरी विकास तथा भवन निर्माण विभागले काम तीव्र गतिमा अघि बढाउन नसक्दा सो आयोजनाको काम कछुवा गतिमा अघि बढेको हो

आयोजनाले चार वर्ष अघि ढल सिँधै बाग्मती नदीमा मिसिन नदिनका लागि गुहेश्वरीको पूर्वफाँटमा एक सय रोपनी जग्गा अधिग्रहण गरी प्रशोधन प्रविधि सञ्चालनमा ल्याउने तयारी थालेको थियो । तर हालसम्म प्रशोधन प्रविधि निर्माणको काम सम्पन्न भएको छैन ।

बाग्मती नदी मुहान संरक्षण, जलाधार क्षेत्र संरक्षण, नदीको वातावरणीय सुधार तथा सौन्दर्यीकरण जस्ता कार्यहरु गर्न एसियाली विकास बैंक र नेपाल सरकारबीच ६ मार्च २०१४ मा सम्झौता भइ ३१ मे २०१९ मा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।

आयोजनाको कुल लागत अमेरिकी डलर ३६ मिलियनमध्ये ऋण सहायता २५ दशमलव ५ मिलियन, अनुदान सहायता ४ दशमलव ५ मिलियन र नेपाल सरकारको स्रोततर्फ ६ मिलियन हुने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाको समयवधि समाप्त हुँदा रु १ अर्ब ९१ करोड ३२ लाख खर्च भएको छ भने काम जम्मा ३२ प्रतिशत मात्र पूरा भएको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको सरसफाई कार्यक्रम तथा करिडोर निर्माणको काम समेत सुस्त गतिमा भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१