काठमाडौं । मंगलबार साँझ ८:१५ बजे काठमाण्डौ मलमा एक ब्यवसायी महिला रश्मिला श्रेष्ठ माथी सांघातीक आक्रमण भएको छ ।
मलमैं ब्यवसाय गरिबसेका दुई पक्ष बीच भनाभन हुँदा अर्का ब्यवसायी उज्ज्वल शाह , निजका पत्नी सुषमा महरा र उनीहरूसंगै पसलमा काम गर्ने युवक मिलेर रश्मिला माथी आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए ।
पीडित पक्षका अनुसार बेलूका पसल खुल्ला रहेकै अवस्थामा शुष्मा महराले आफ्नो पसल बन्द गर्दै कागजमा पिरो खुर्सानी राख्दै आगो बालेकोमा रश्मिलाले आफ्नो पसल खुल्ला भएकोले त्यसो नगर्न आग्रह गरेकी थिइन ।
बिवाद बढ़दै गए पछि शुष्मा महरा, उज्जवल जँग शाह र निज सँग काम गर्ने केटा स्टाफ पसलको गेटमा फर्केर आई रश्मिलामाथी हात पात गरेका थिए । सोही क्रममा शुष्मा महराको श्रीमानले काठमाडौं मल चौंथो तल्लाको युलेक्स पार्लरबाट कुर्चि बोकेर लेराई रश्मिलाको टाउकोमा आक्रमण गर्न लाग्दा हातले छेके पछि चोटपटक मात्र लागेर बाँच्न सफल भएकी थिइन ।
घटना लगत्तै आक्रमणकारी शाह भागेका थिए ।
केही बेरमा प्रहरी आएर दूबै पक्षलाई प्रहरी कार्यालय लगेका थिए ।तर मुख्य आक्रमणकारी शाह भने बाटोमा लडेको भन्दै अस्पताल भर्ना भएकोले प्रहरीकोमा हाज़िर हुन मानेनन ।
हाल घाईते महिला नर्भिक अस्पतालको ईमर्जेन्सिबाट ४०३ नं बेडमा भर्ना भएका छन ।
प्रतिक्रिया