नायिका नीता ढुंगानाले अभिनय गरेको हिन्दी फिल्म ‘कड्के कमाल के’ को ट्रेलर सार्वजनिक

ssapana44@gmail.com' jamuna aryal
५ बैशाख २०७६, बिहीबार १३:३६

काठमाडौं अभिनेता आर्यन अधिकारी, राजपाल यादव (बलिउड कलाकार) र नायिका नीता ढुंगानाले अभिनय गरेको हिन्दी फिल्म ‘कड्के कमाल के’ को ट्रेलर सार्वजनिक गरिएको छ । उक्त ट्रेलर जी म्युजिक कम्पनीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरमा नेपाली अभिनेता आर्यन अधिकारी र राजपाल यादवलाई शीर्ष भूमिकामा देखाइएको छ । ट्रेलरमा आर्यन कमेडी र एक्सनका साथ प्रस्तुत भएका छन् । यता नीता ढुंगानाको भूमिका ट्रेलरमा कम देखिए पनि फिल्ममा उनी एक मात्र नायिका रहेको बुझिन्छ ।

अइतवारी सिंहले निर्माण गरेको यो फिल्मलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता आशिष राजे रहेका छन् ।

यो फिल्ममा राजपाल, आर्यन र नीताका अलावा एन्जेल श्रेष्ठ, दयाहा शंकर पाण्डे, उषा नाडकरनी लगायतले अभिनय गरेका छन् । अभिनेता आर्यनलाई फ्यानहरुले युट्युबमा कमेन्ट गर्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१