रेमिट्यान्समा २३ प्रतिशतले बृद्धि

ssapana44@gmail.com' jamuna aryal
५ बैशाख २०७६, बिहीबार १३:२१

काठमाडौं- वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा केही गिरावट आएपनि रेमिट्यान्स आप्रवाह बृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले मंगलबार सावजानिक गरेको आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ ।

राष्ट्र बैंकले हाल आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गदै विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५८२ अर्ब १९ करोड पुगेको जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ को ८ महिनाको तथ्याकमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३७.३ प्रतिशतले गिरावट आएको सार्वजानिक गरेको छ ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८७३ प्रतिशतले घटेको र्औल्याएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २२.९ प्रतिशतले वृद्धि भई ६६२ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.७ प्रतिशतले घटेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.६ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१