विदेशी श्रमिकको संख्या घटाउनमा जोड दिदैँ मलेसिया

ssapana44@gmail.com' jamuna aryal
५ बैशाख २०७६, बिहीबार १३:१७

काठमाडौं- मलेसिया सरकारले रोजगारीका लागि आउने विदेशी श्रमिकको संख्या घटाउनुपर्ने बताउदै आएको छ । मलेसियाली प्रधानमन्त्री महाथीर मोहम्मदले विदेशी श्रमिकलाई नियन्त्रण गर्ने जतना नै सचेत हुन आग्रह गरेका छन् ।

विदेशी श्रमिकको संख्या वार्षिक रुपमै बृद्धि भए वा कायम रहेमा निकट भविष्यमा अर्को समस्या थपिने र यसको विकल्पको खोज्न स्यम मलेसियाली नागरिक नै सचेत हुनुपर्ने प्रधानमन्त्री महाथीर मोहम्मदले बताए । मलेसिया रोजगारीमा आए विदेशी नागरिक अवैध भएर बस्ने क्रम बढेसँगै त्यहाँ सरकारलाई टाउको दुखाईको विषय बन्दै गएको छ ।

हाल मलेसियामा मले, चिनियाँ र भारतीय गरी तीन मुलका नागरिक रहेकोमा चौथो स्थान बंगलादेशी छन् । मलेसिया हाल, २० लाख बंगलादेशी नागरिक रहेको र रोजगारीको ठूलो हिस्सा ओगटेको भन्दै यसले निकट भविष्यमा नै बंगलादेशी श्रमिक संख्या चौथो ठूलो शक्तिका रुपमा देखा परिरहेको विषयप्रति प्रधानमन्त्रीले महाथीर मोहम्मदले चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय नागरिकले काम गर्दैनन् बाहिरबाट श्रमिक ल्यानुपर्छ । यो स्वभाविक हो प्रधानमन्त्री महाथीरले बताए । यसअघि पनि भारत र चीनबाट रवर र खानीमा काम गर्न आएको विदेशी श्रमिक यहाँका नागरिक भएका बसोबास गरेका छन् 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१