टिकटकमाथि भारतमा प्रतिबन्ध

ssapana44@gmail.com' jamuna aryal
४ बैशाख २०७६, बुधबार १७:४३

टिकटकलाई एप्पल र गुगलले भारतमा उपलब्ध नहुने गरी हटाएका छन् । तामिल नाडुको मद्रास उच्च अदालतको आदेशपछि एप्पल र गुगलले टिकटकमाथि भारतमा प्रतिबन्ध लगाएका हुन् ।

यसअनुसार गुगलले आफ्नो प्लेस्टोरबाट तथा एप्पलले एपस्टोरबाट भारतका लागि टिकटकलाई ब्लक गरेका छन् ।

टिकटकको निमार्ता चिनियाँ कम्पनी बाइटडान्सले प्रतिबन्धमाथि पुनर्विचार गर्न गरेको अपिल उच्च अदालतले खारेज गरेपछि त्यहाँको दूरसञ्चार निकायले गुगल र एप्पललाई भारतमा टिकटकलाई प्रतिबन्ध लगाउन पत्राचार गरेको बताइएको छ ।

त्यसपछि दुबै कम्पनीले टिकटकलाई भारतमा ब्लक गरेका हुन् । यद्यपि यसअघि इन्स्टल भइसकेका टिकटक एप्लिकेसन भने चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टिकटकले अश्लील सामग्री फैलाएको भन्दै अदालतमा मुद्धा दायर गरिएको थियो । त्यसपछि अदालतले टिकटकलाई प्रतिबन्ध लगाउन आदेश दिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१