एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार

ssapana44@gmail.com' jamuna aryal
४ बैशाख २०७६, बुधबार ०९:१८

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल १४ औं  स्थानमा रहेको छ ।  यसअघि नेपाल १५ औं स्थानमा रहेको थियो । टी-ट्वान्टी वरीयतामा पनि नेपाल १४ औं स्थानमै रहेको छ ।

गएको माघमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २-१ को जित निकालेपछि नेपाल आईसीसीको वरीयतामा पर्दै आएको छ ।

उक्त सिरिजपछि नेपालले एकदिवसीय खेल खेलेको छैन । तर, अन्य टोलीको प्रदर्शन घटबढ हुँदा नेपालले एक स्थान सुधार गरेको हो ।

आईसीसीको एकदिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४ औं स्थानको नेपालले १५२ अंक पाएको छ । नेपाल भन्दा मुनि यूएई र नेदरल्याण्ड रहेका छन् ।

वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन्  । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१