सगरमाथाको उचाइ मापन गर्ने टोली सोलुखुम्बुको दिङबुचे पुगे

ssapana44@gmail.com' jamuna aryal
४ बैशाख २०७६, बुधबार ०९:१२

साेलुखुम्बु – सगरमाथाको उचाइ मापन गर्ने टोली सोलुखुम्बुको मंगलबार दिङबुचे पुगेको छ ।

चैत्र २७ गते काठमाण्डाैबाट हिँडेको टोली मगंलबार दिङबुचे पुगेको हो । पहिलो पटक नेपाल आफैँले सगरमाथाको उचाइ मापन गर्न थालेको नेपाली टोलीमा ४ जना रहेका छन् । टोली दिङबुचे पुगेको नापी विभागका नापी अधिकृति सुशिल डङ्गोलले जानकारी दिनुभयो ।

उक्त टाेलीले आमादब्लम हिमालको पनि आरोहण गर्ने नापी विभागका सुचाना अधिकारी दामोदर ढकालले जानकारी दिनुभयो । टोलिमा रहेका २ जना सगरमाथा आधारशिविरमा बसेर समन्वय गर्ने र दुई जना सगरमाथाको चुचुरोसम्म पुग्ने ढकालले बताउनुभयाे ।

टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डाैमा बिदाइ गर्नुभएको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१