मेस्सीको दुई गोल सँगै बार्सिलोना सेमिफाइनलमा

ssapana44@gmail.com' jamuna aryal
४ बैशाख २०७६, बुधबार ०९:०८

काठमाडौं – अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सी महान् खेलाडीको उपमातर्फ अगाडि बढ्दै गएका छन् ।

उनको व्यवसायिक क्लब स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गर्दा मेस्सीकै गोलले महत्वपूर्ण भूमिका खेल्यो ।

इंगलिश क्लब म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको हो । मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा बार्सिलोना ३–० गोल अन्तरले विजयी भयो । 

बार्सिलोनाको जितमा मेस्सीले दुई तथा फिलिप कौटिन्होले एक गोल गरे । मेस्सीले १६ औं मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाए । 

त्यसको चार मिनेटमै मेस्सीले अर्को गोल थपेर अग्रता दोब्बर पारे । कौटिन्होले ६१ औं मिनेटमा गोल गर्दै टोलीको जित निकाले । 

पहिलो लेगको खेलमा बार्सिलोना १–० ले अघि थियो । बार्सा समग्रमा ४–० को नतिजा सहित अन्तिम ४ मा प्रवेश गरेको हो ।

युनाइटेड भने निरीह सावित भएको छ । च्याम्पियन्स लिग बिजेता खेलाडी सोल्ससारको बार्सिलोनासंग परिक्षा

बार्सिलोनाले सेमिफाइनलमा लिभरपुल र एफसी पोर्टोबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । लिभरपुल र पोर्टो बुधबार राति भिड्ने छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१