राष्ट्रिय खेलकुद प्रतियाेगिता: पुरुष हक्की प्रतियोगिताको फाइनलमा प्रवेश

ssapana44@gmail.com' jamuna aryal
३ बैशाख २०७६, मंगलवार १७:४२

बाँके – नेपाल पुलिस क्लब नेपालगञ्जमा जारी राष्ट्रिय खेलकुद प्रतियाेगिताअनतर्गत पुरुष हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक रहेकाे खेलमा पुलिसले सुदुरपश्चिम प्रदेशलाई पराजित गरि फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोल भएपछि भएको पेनाल्टीमा समेत ४–४ गोल भएको थियो । त्यसपछि भएको सडनडेढमा  पुलिसले ५–४ गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा पुलिसका  रोमण राणाले ४४ औं मिनेटमा गोल गरी अग्रता दिलाए पनि सुदुरपश्चिमका अमित ओझाले ५३ औं मिनेटमा बराबरी गोल गरेका थिए ।

त्यसपछि भएको पेनाल्टीमा पुलसिका योगेशकुमार बाह्घरे, श्रवण कुमार, केशवराज जोशी र रोमण राणाले गोल गरे भने किसन बहादुर मगरले पेनाल्टीमार्फत गोल गर्न सकेनन् । सुदुरपश्चिम प्रदेशका नवीन क्षेत्री, कान्तुराम पनेरु, रोहित लामा, सुमित कामीले गोल गरे भने राम परियारले गोल गर्न सकेनन् ।

सडन डेथमा पुलिसका रोमण राणा, केशवराज जोशी, योगेशकुमार बाह्घरे, किसनबहादुर मगर र श्रवण कुमारले गोल गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१