मालपोत कार्यलयमा प्रमुख नहुँदा जग्गासम्बन्धी काम ठप्प

ssapana44@gmail.com' jamuna aryal
३ बैशाख २०७६, मंगलवार १७:४०

हुम्ला – हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मालपोत कार्यलयमा प्रमुख नहँुदा जग्गासम्बन्धी काम ठप्प भएको छ ।

कर्मचारी समायोजन हँुदा जिल्लामा रहेको मालपोत कार्यालयको काम एक महिनादेखि रोकिएको हो । 

जग्गा पास, राजीनामा, दाखानामसारी, रजिष्टे«शन वकपत्र जस्ता जग्गाको काम रोकिएको छ । गएको चैत ५ गते मालपोत कार्यलय हुम्लाका कार्यालय प्रमुख डील वहादुर क्षेत्री समायोजन भएर काठमाण्डौ कलंकीमा सरुवा भएपछि रोकिएका हुन् । 

कामको लागि सेवागा्रही दैनिक कार्यलयमा आए पनि प्रमाणीत गने र हस्ताक्षर गर्ने कार्यालय प्रमुख हालसम्म नभएको कम्पुटर अपरेटर एवं निमित्त कार्यलय प्रमुख मिम सिंह नेपालीले बताउनुभयो । 

कार्यालयमा हाल कम्पुटर अपे्रटर नेपाली र ५जना कार्यालय सहयोगी मात्र रहेका छन् । जिल्लामा रहेका ७ वटा गाउँपालिकाका जनताले सदरमुकाम सिमकोटमा जग्गाको कारोबार गर्ने हुँदा हाल कामहरु रोकिएका छन् ।  नयाँ भवन निर्माणको लागि विद्यालयको नाममा जग्गा पास गर्न सदरमुकाम सिमकोट आएका हिमचुली निमावि अदानचुली-५ का प्रधानाध्यापक पृथ्वी शाहीले आफू एक हप्तासम्म सदरमुकाम बसे पनि काम नभएको गुनासो गर्नुभयाे । 

४ दिन पैदल हिँडेर पनि जग्गा पास नभएर फर्कनु परेको उहाँकाे भनाइ थियाे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१