आईसीसी-१९ विश्वकप एसिया छनोट: नेपाली टोली ओमानसँग प्रतिस्पर्धा गर्दै

ssapana44@gmail.com' jamuna aryal
३ बैशाख २०७६, मंगलवार १०:१२

काठमाडौं – आईसीसी-१९ विश्वकप एसिया छनोटमा नेपाली यु-१९ क्रिकेट टोली आज (मंगलबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको एसटीसी मैदानमा हुने खेलमा नेपाल आफ्नो तेस्रो जीतको खोजिमा छ ।

यसअघिका तीन खेलमा दुई खेलमा शानदार जीत र एक खेलमा हार व्येहोरेको नेपाल ओमानविरुद्ध भने सहज जीतको खोजिमा छ । पहिलो खेलमा कुवेतलाई २सय१७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा डीएल तरीकाबाट युएईसँग एक रनले पराजित भएको थियो भने तेस्रो खेलमा आयोजक मलेसियाविरुद्ध ८ विकेटको जीत हात पारेको थियो ।

पहिलो खेल एसटीसी मैदानमा कुवेतलाई २सय१७ रनले पराजित गरेको थियो । समान तीनवटै खेल खेलेको ओमान आफ्नो दोस्रो जीतको खोजिमा छ । अंक तालिकामा युएई ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल र कुवेतको समान ४ अंकभएपनि नेटरनरेटका आधारमा नेपाल शीर्ष दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१