शैलुङ चौँरीपालक समूहलाई शैलुङ गाउँपालिकाले ५ लाख अनुदान

ssapana44@gmail.com' jamuna aryal
२ बैशाख २०७६, सोमबार १५:१८

दोलखा – चौंरीको व्यवसायिक प्रवर्द्धनका लागि शैलुङ चौँरीपालक समूहलाई शैलुङ गाउँपालिकाले ५ लाख अनुदान दिएको छ।

चौंरी पालन व्यवसाय र व्यवसायी घट्दै गइरहेका बेला चौंरीको दूधबाट बन्ने परिकारलाई प्रोत्साहन गर्न शैलुङ गाउँपालिकाले लागत साझेदारी कार्यक्रम अन्तर्गत ५ लाख अनुदान उपलब्ध गराएको हो। चौँरीपालनबाट मानिसहरू विस्थापित हुँदै गएकाले पेशा प्रवर्द्धन गर्न चौँरीपालक समूहलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष भरत दूलालले बताए।

शैलुङ गाउँपालिकाका उच्च भूभागमा चौँरी पाल्ने गरिन्छ। शैलुङ क्षेत्रमा रहेका चौँरीपालक किसान समूहका ४ गोठमा अहिले १२० भन्दा बढी चौँरी रहेको शैलुङ चौँरीपालक समूहका सदस्य फुर्वा तामाङले जानकारी दिए।

अहिले शैलुङ क्षेत्रमा फूर्वा, कस्बहादुर श्रेष्ठ, निमा तामाङ र ढालबहादुर तामाङले चौरीपालन गरिरहेका छन्।

गाउँपालिकाले ५ लाख अनुदान दिएपछि आफूहरूले त्यसमा १० लाखभन्दा बढी रकम थप गरी उन्नत नश्लका ३० वटा चौँरी सोलुखुम्बुबाट खरिद गरी ल्याएको चौँरीपालक किसान फूर्वा तामाङले जानकारी दिए। एउटा चौँरी सोलुबाट शैलुङसम्म ल्याइ पुर्‍याउँदासम्मको खर्च ५० देखि ५५ हजार रुपैयाँ पर्ने फूर्वाको भनाइ छ।

गाउँपालिकाले गरेको सहयोगले चौँरीपालनलाई निरन्तरता दिन उत्साह जागेको किसनाहरूको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१