चीनले बनायो विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा वातावरणमैत्री शाैचालय

ssapana44@gmail.com' jamuna aryal
२ बैशाख २०७६, सोमबार १४:४४

काठमाण्डाै – चीनले विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा वातावरणमैत्री शाैचालय बनाउने भएकाे छ । सगरमाथा आराेहणमा जानेकाे संख्या बढ्दै जाँदा त्यहाँ फोहोर पनि बढेकाले सगरमाथा स्वच्छ बनाउन चीनले शाैचालय बनाइदिन लागेकाे हाे । 

पर्यावरणअनुकूल बनाइने यो शौचालय सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा एक चिनियाँ शिविरमा राखिने छ ।  

सगरमाथामा गएकाे कैयौं दशकदेखि व्यापारिक पर्वतारोहण बढ्दै गइरहेको छ । पर्वताराेहीकाे संख्या बढ्दा सगरमाथामा फोहोरको डंगुर जम्मा हुन थालेको छ।  ठूलो धनराशL खर्च गरेर सगरमाथा चढ्न पुग्ने पर्वतारोहीले फाेहाेर व्यवस्थापनमा भने खासै चासाे नदिने गरेकाे पाइएकाे छ ।  

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पर्वतारोहणको अहिलेकाे सिजनमा चीनको एक कम्पनीले तिब्बतका तर्फबाट सगरमाथामा वातावरणमैत्री शौचालय उपलब्ध गराउन लागेकाे हाे । 

तिब्बती पर्वतारोहण एसोसिएशनका उपमहासचिव पेमा टिनलीका अनुसार सगरमाथामा राखिने शौचालयमा मानव शौच जम्मा गरिने र भरिएपछि पर्वतको तल ल्याइनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१