आफ्नो अनुहार चम्काउन मानिसले केसम्म गर्दैन ? हजारौँ खर्च गरेर ब्युटीसम्बन्धी विभिन्न सामान किन्छ । ब्युटिपार्लरमा पुगेर हजारौँ खर्च गर्छ । बजारमा पाइने नानाथरीका सौन्दर्य प्रसाधन ल्याउँछ । तर, भनेजस्तो नतिजा नपाएर मानिस दुःखी हुन्छ । बजारमा पाइने विभिन्न थरीका ब्युटीसम्बन्धी सामग्रीको प्रयोगले मानिसको अनुहारसमेत बिग्रिएको पाइन्छ । अब तपाईंले अनुहार चम्काउने नाममा महँगा सामान किनिराख्नु पर्दैन । घरेलु विधिबाट पनि अनुहार चम्काउन सकिन्छ ।
१.जहाँ पनि सहज रूपमा पाउन सकिने काँक्राको रस निकाल्नुहोस् । त्यसमा बेसार मिलाएर अनुहारमा लगाउनुहोस् । यसरी केही दिन लगाउनुभयो भने अनुहारमा चमक आउँछ ।
२.एक चम्चा राम्रो खालको महमा केही थोपा कागतीको रस मिलाएर अनुहारमा लगाउनुहोस् । कम्तीमा १५ मिनेटपछि मुख धुनुहोस् । तत्कालै तपाईंको अनुहारमा चमक झल्किन्छ ।
३.काँक्राको रसले अनुहारमा निरन्तर मसाज गर्नुभयो भने चाया हटेर सुन्दर देखिन सक्दछ ।
४.अनुहारमा चाउरीपन छ भने पाकेको केरा मुछेर अनुहारमा लगाउनुहोस् । चाउरीपन हराउँछ ।
५.गाई वा भैँसीको काँचो दूधले अनुहार मालिस गर्नुहोस् । अनुहारको चमक निरन्तर बढ्दै जान्छ ।
६.सुन्तलाको बोक्रालाई घाममा सुकाउनुहोस् र धुलो बनाउनुहोस् । उक्त पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउनुहोस् । यसलाई फेसवासको रूपमा प्रयोग गर्नुभयो भने तपाईंको अनुहार झन् चम्किलो हुन्छ ।
प्रतिक्रिया