प्रधानमन्त्री ओलीद्धारा गुगल ब्वाई (आतित्य)को प्रसंशा

ssapana44@gmail.com' jamuna aryal
१ बैशाख २०७६, आईतवार ०८:०६

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीसहितका पूर्व प्रधानमन्त्रीहरुले गुगल ब्वाईको रुपमा प्रख्यात आतित्य दाहालको प्रशंसा गरेका छन् ।

राजधानी काठमाडौको गौरीघाटस्थित आदित्य कुञ्जमा शनिबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, शेर बहादुर देउवाले आदित्यमा असाधारण क्षमता रहेको भन्दै प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने “आजको विश्वमा विना स्रोतको ज्ञान प्राप्त गर्ने एक मात्र मानवजाती मानव जातिको सन्तान आदित्य दाहाल मात्रै हो । विना स्रोतको ज्ञान आदित्य दाहाल हो र म भन्न चाहन्छु । यो विज्ञानका लागि असाधारण र धेरै गहन चुनौति हो । ”

त्यसैगरी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आदित्यका आविश्कार, अभिव्यक्ति लगायत असाधारण भएको भन्दै सम्पुर्ण नेपालीको लागि आदित्यको प्रतिभा गौरवपुर्ण रहेको बताए । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आदित्यमा अद्धितिय प्रतिभा रहेको भन्दै त्यो सबै नेपालीका लागि गौरवको विषय रहेको बताए ।

विशेष कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराईनुको साथै आदित्य ज्योति पथको अग्रेजी संस्करणको औपचारिक विमोचन गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१