पूर्व मन्त्रि एकनाथ ढकालद्वारा गोरखामा ४ कोठे पक्कि बिद्यालय भबन हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ बैशाख २०७६, आईतवार ०५:५८

गोर्खा। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको पहलमा निर्माण सम्पन्न भयको भीमसेन गाउपालिका – ८, गोर्खा स्थित श्री भवानी प्राथमिक बिद्यालयको ४ कोठे पक्कि भवन एक कार्यक्रमका बीच अध्यक्ष ढकालले बिद्यालयलाइ हस्तान्तरण गर्नु भयको छ । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष उहाँले भुकम्पको कारण बिद्धालयको पुरानो भवन पूर्ण रुपमा क्षति भयको र बिद्धार्थीहरु खुला आकासमा अध्ययन गर्न बाध्य भयको दृश्य सहन नसकी बिद्यालयभवन निर्माण गरियको जानकारी दिदै भवन निर्माणमा सहयोग गर्ने युनिभर्सल पिस फेडेरेसन, विश्व शान्ति तथा एकीकृत परिवार संघ र दाताहरुलाई धन्यबाद दिनुभयो । नेता ढकालले बिद्धालयको उचित सदुपयोग र संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गर्दै शैक्षिक क्षेत्रको बिकासमा आँफु सदैब लागिपर्ने बताउनु भयो । भीमसेन गाउपालीका -७ का अध्यक्ष नारायण श्रेष्ठ र ८ का अध्यक्ष बाँसु थापाले पूर्व मन्त्रि ढकालले गोर्खा जिल्लाको बिकासमा गर्नु भयको योगदानको उच्च प्रसंशा गर्नु भयो । नेपाल प्रहरीका पूर्व डीआइजी डा श्याम नेपाल, परिवार दलका प्रबत्ता सन्तोष पौडेल, परिवार दलका गण्डकी प्रदेश संयोजक प्रकाश बाबु थापा लगायतले शुभकामना मन्तब्य राख्नु भयको थियो । भवन निर्माणमा कुन ३३ लाख रुपैया लागेको कार्यक्रममा जानकारी दिइयो । गृह जिल्ला गोर्खा पुग्नु भयका नेता ढकालले जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरि स्थानीय संग अन्तरक्रिया तथा निर्माणाधीन योजनाहरुको निरीक्षण गर्नु भयको गोर्खा परिवार दलका अध्यक्ष रबिन्द्र थापाले जानकारी दिनु भयो । नेता ढकालको पहलमा गोर्खा जिल्लामा एक दर्जन भन्दा बढी पुस्तकालय तथा बिद्धालय भवनहरु निर्माण भयका छन् ।



प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१