यू–१९ विश्वकप एसिया छनोट: यूएईविरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै

ssapana44@gmail.com' jamuna aryal
३० चैत्र २०७५, शनिबार १५:२१

काठमाण्डौ – आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । आज पनि नेपाल टस हारेर पहिला ब्याटिङ गर्दैछ ।।

आजको खेलबाट हरिबहादुर चौहानले डेब्यू गरेका छन् । सूर्य तामाङको स्थानमा हरिलाई डेब्यू गराइएको हो । अन्य खेलाडी भने परिवर्तन गरिएको छैन । 

नेपालले हिजो सिंगापुरलाई पराजित गरेको थियो । प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले हराएको नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यता यूएईले पनि मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।यो प्रतियोगिताका दुई बलिया टिम मानिएका नेपाल र यूएईविरुद्धको खेलले प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमको बाटो तय गर्नेछ ।

नेपाली टिमका प्रशिक्षक विनोद दासले यूएईविरुद्धको खेल नेपालका लागि रियल टेष्ट हुने बताएका छन् । उनले सिंगापुरविरुद्ध जस्तो प्रदर्शन टिमले गर्यो त्यसको परीक्षण युएईविरुद्ध हुने बताए । हुन त नेपालले यो उमेर समूहमा सन् २०१३ यता हार्नुपरेको छैन । सन् २०१३ मा ७६ रनले पराजित भएको नेपालले त्यसपछिका लगातार चार खेलमा जीत निकाल्दै आएको छ । 

पछिल्लो पटक नेपाल र यूएईले अन्डर नाइन्टिन टिम युथ एसिया कपमा खेलेका थिए । जसमा नेपालले ६ रनले पराजित गरेको थियो । नेपालले त्यसबेला ७ विकेटको क्षतिमा २७४ रन बनाएको थियो । जवाफमा यूएई २६८ रनमा रोकिएको थियो ।

नेपाललाई आजको खेल पनि त्यो जितको लयलाई कायम राख्ने मौका हुनेछ । सिंगापुरविरुद्ध शतक बनाउनबाट चुकेका रोहित पौडेलको प्रदर्शन आजको खेलमा पनि महत्वपूर्ण हुनेछ । सिंगापुरको तुलनामा यूएईको बलिङ केही बलियो रहेकाले नेपालको ब्याटिङमा टेष्ट हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१