नेपाललाई डिजिटलरुपमा आर्थिक क्रान्तिसँगै समृद्धितर्फ डोर्‍याउनुपर्नेमा प्रविधि मन्त्री बाँस्कोटाको जोड

ssapana44@gmail.com' jamuna aryal
२९ चैत्र २०७५, शुक्रबार १७:५८

काठमाडौं सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाललाई डिजिटलरुपमा आर्थिक क्रान्तिसँगै समृद्धितर्फ डोर्‍याउनुपर्ने बताएका छन् ।

शुक्रबार जनकपुरधामस्थित नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले काठमाण्डौंमा सम्पन्न लगानी सम्मेलनमा धेरै कम्पनीहरु सञ्चार क्षेत्रमा काम गर्न चाहेकाले पलपलमा चुनौती रहेकोतर्फ टेलिकमका कर्मचारीहरुलाई सचेत गराए ।

उनले  ४२ सय कर्मचारी भएर पनि नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकम प्रविधिमा सेवाग्राहीले चाहे जस्तो सुविधा लिन नसकेको आरोप लगाए ।

आफ्नै शानदार भवन, उपकरण, टेक्नोलोजी, जनशक्ति हुँदा हुँदै समेत सवै नेपालीले अझै सेवा पाउन नसक्नु दुःखद रहेको उनले तर्क गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१