प्रदेश ३ को सामाजिक विकास मन्त्री युवराज दुलालले सोही मन्त्रालयका सचिव लोकनाथ पौडेलको कार्यकक्षमा ताला लगाईदिएका छन् ।
सचिव पौडेलले समयमा काम नगरेको भन्दै स्पष्टीकरण सोधेको र अघिल्लो मितिका फाइल सदर लगायतका काम नगरुन् भनेर आफूले ताला लगाएको मन्त्री दुलाको भनाइ छ । लामो समयदेखिका फाइलहरु स्वीकृत नगरी सचिवले आफ्नो टेबुलमा थन्क्याएर राखेको, पदीय जिम्मेवारी बहनमा गम्भीरता नदेखाएको भन्दै कार्यकक्षमा ताला लगाईएको मन्त्री दुलालको भनाइ छ ।
मन्त्री दुलालले कार्यकक्षमा ताला लगाईदिएपछि अवस्था सामान्य रुपमा आउन केही समय लाग्ने देखेर प्रदेश ३ का मुख्यसचिव आनन्दराज ढकालले सचिव पौडेललाई १० दिनको घरविदा स्वीकृत गरिदिएका छन् ।
प्रतिक्रिया