नेपालमा पब्जी खेल प्रतिबन्ध

ssapana44@gmail.com' jamuna aryal
२८ चैत्र २०७५, बिहीबार १८:३४

काठमाडौँ — सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल प्रहरीको केन्दि्रय प्रहरी व्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्राधिकरणले बिहीबारै इन्टरनेट सेवा प्रदायकहरुलाई खेल बन्द गर्न निर्देशन दिएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीबाट आएको अनुरोधको आधारमा उक्त खेलमा प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको जानकारी दिए। सरकारको निर्देशन अनुसार सेवा प्रदायकहरुले आआफ्नो नेटवर्कमा पब्जी डाउनलोड गर्न र खेल्न नमिल्ने गरी बन्द गर्नेछन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा प्राधिकरणले यसअघि पोर्न साइटमा पनि प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो। उक्त निर्देशनका कारण अहिले नेपालमा पोर्न साइटहरु प्रतिबन्धित छन्।

केन्दि्रय प्रहरी अनुसन्धान व्यूरोले पब्जी खेलमा प्रतिबन्ध लगाउन काठमाडौं जिल्ला अदालतसमक्ष स्वीकृतिको लागि माग गरेको थियो।अदालतले मनोचिकित्कससँग परामर्श लिई खेल बन्द गर्न बुधबार स्वीकृति दिएको हो। सोही अदालतको स्वीकृति अनुसार व्यूरोले प्राधिकरणलाई खेल प्रतिबन्ध लगाउने गरी सेवा प्रदायकलाई निर्देशन दिन पत्र लेखेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१