जान्नुहोस् प्रियंका चोपडा फिटनेसका लागि के गर्छिन् ?

ssapana44@gmail.com' jamuna aryal
२७ चैत्र २०७५, बुधबार १८:०५

प्रियंका चोपडाले आजको दिनसम्म आफ्नो चमक कायम राख्नुको पछाडि उनको अथक प्रयास एवं मेहनत छ ।

पछिल्लो समय भने अमेरिकी गायक, संगीतकार, निक जोनससँग विवाह बन्धनमा बाँधिएकी छिन् । अहिले उनै निकसँग उनी रोमान्टिक दिनहरु विताइरहेकी छिन् ।

वैवाहिक जीवन पछि उनी पनि उत्तिकै आर्कषक तथा फिट रहनुमा उनको वर्कआउट र डाइट प्लान मुख्य कारण हो । प्रियंकाले आˆनो फिल्मी करियरमा जहिले पनि आˆनो स्वास्थ्यलाई प्राथमिकतामा राखिन् । र, फिटनेसलाई महत्व दिइन् । उनले जीरो फिगर बनाउने बारे कहिल्यै सोचिनन् ।

अनुसासित वर्कआउट रुटिनको पालना गरिन् । र, आˆनो शरीरलाई जहिले पनि टोन्ड र स्लिम राखिन् । परिणामस्वरुप, प्रियंकाको फिगर आजपनि परफेक्ट छ ।

फिटनेसका लागि के गर्छिन् ?

प्रियंका चोपडाको परफेक्ट फिगर, टोन्ड बडी र सेक्सी आउटलुक उनको वर्कआउट, डाइट प्लान र योगाको नतिजा हो । प्रियंका आफ्नो फिगरलाई लिएर निकै सजग छिन् ।

प्रियंका खासै कठिन वर्कआउट गर्दिनन् । तर पनि नियमित रुपमा जीम जान्छिन् । जीममा उनी करिब १५ मिनेट ट्रेडमिलमा हिड्छिन् । त्यसपछि उनी पुसअप र रिर्वस लंज गर्छिन् । उनी करिब एक मिनेट प्लान्क गर्छिन् भने २०-२५ पटक बाइसेप्स कर्ल गर्छिन् ।

प्रियंकालालाई रेजिस्टेन्स ट्रेनिङ्ग गर्न मनपर्छ । उनलाई वेट ट्रेनिङ्गको खासै सौख छैन । जीम नगएको बेला उनी कुद्न, स्पिनिङ्ग गर्न तथा इन्डोर साइकिलिङ्ग गर्न रुचाउँछिन् ।

उनी विशेषगरी दिमागलाई तनाव रहित राख्न योग गर्छिन् । उनी दिनमा आठ देखि दश गिलास साधा पानी पिउँछिन् भने नियमित रुपमा नरिवल पानी सेवन गर्छिन् । यही कारण हो कि उनको स्किन चमकदार र सुन्दर छ ।

यसबाहेक , प्रियंका आफू फिट रहनुमा ‘खुशी रहनु’ पनि भएको बताउँछिन् । एक अन्तवार्तामा प्रियंकाले भनेकी थिइन्, ‘मेरो कामले मलाई खुशी दिलाउँछ । मलाई खुशी दिनेमा मेरो परिवार पनि हो । मलाई पार्टी तथा क्लवमा जानु भन्दा घरमै परिवारको साथमा सय विताउन मन पर्छ ।   जिवनमा मलाई ससाना कुराले खुशी दिन्छ । त्यसबाहेक मलाई फिट रहन पनि निकै मनपर्छ । फिट रहनकै लागि म हरसम्भव प्रयास गर्छु ‘।

कस्तो खानेकुरा खान्छिन् ?

प्रियंका पञ्जाबी परिवारकी हुन् । त्यसैले, उनलाई विभिन्न किसिमका खानेकुरा ट्राइ गर्न सौखिन छिन् । त्यसैले,उनी प्रायः घरमा आमाले नै बनाएको खानेकुरा खान्छिन् ।

प्रियंका नाश्तामा दुईटा अण्डाको साथमा ओटमिल र एक गिलास स्किम्ड मिल्क खान्छिन् ।

दिउँसोमा दुईवटा रोटीको साथमा दाल, तरकारी र सलाद खान्छिन् । साँझमा चिकन सैण्डवीच वा अंकुरित सलाद खान मन पराउने उनी रातीको खानामा सूप, ग्रील्ड चिकन वा माछा खान्छिन् । दिनमा आठ देखि दश गिलास पानी पिउँछिन् । शरीरको इनर्जीका लागि नरिवल पानी पिउँछिन् । हरियो सागसब्जी र ताजा फलफूल भरपूर मात्रामा खान्छिन् । प्रत्येक दुई देखि तीन घण्टाको अन्तरालमा केही न केही खान्छिन् ।

प्रियंकालाई चकलेट, केक , पेस्ट्री तथा तन्दुरी खाना मन पराउँछिन् । त्यसैले, उनी विदाको समयमा खानालाई लिएर थोरै असावधानी अपनाउँछिन् ।

सौन्दर्यका लागि के गर्छिन् ?

प्रियंकाको प्रत्येक गतिविधि मानिसले नियाली रहेका हुन्छन् । त्यस्तै, उनको सुन्दरता पनि मानिसहरुको नजरमा पर्ने गर्छ । त्यसैले, सुन्दर देखिनु प्रियंकाको पनि बाध्यता हो । तर सुन्दर देखिनकै लागि भनेर प्रियंका खासै कुनै मेकअप गर्दिनन् । बरु ससाना तरीका अपनाएर उनी विना मेकअप पनि सुन्दर देखिने कोशिश गर्छिन् । विशेषगरी, व्यस्त समयका बाबजुद उनी छाला, कपाल तथा अनुहारको राम्ररी हेरचाह गर्छिन् ।

उनी कपाललाई सुन्दर बनाउनकै लागि सातामा तीन पटक तातो तेलको मालिश गर्छिन् । उनको मान्यता छ, तातो तेलको मालिशले दिनभरको थकान कम हुन्छ ।

प्रियंका अनुहारको सुन्दरतालाई कायम राख्न नियमित रुपमा छालाको टोनिङ्ग र मोइस्चराइजिङ्ग गर्छिन् । छालालाई सुन्दर राख्न उनी दिनभर प्रश्ास्त मात्रामा पानीको सेवन गर्छिन् ।

हुन त मेकअप गर्नकै लागि प्रियंकाले मेकअप आर्टिस्टको व्यवस्था गरेका छन् । तर सामान्य दिनमा अनुहारको सुन्दरता बढाउन उनी गाजल तथा लाइनरको मात्र उपयोग गर्छिन् ।

भनिन्छ, प्रियंकाले आफूलाई सुन्दर देखाउन नाक तथा ओठको शल्यक्रिया गरेकी थिइन् । नाक र ओठको शल्यक्रिया गरिसकेपछि त्यसको हेरचाह गर्न पनि उत्तिकै आवश्यक छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१