२०७८ जनगणना, ५ अर्ब रुपैयाँ आवश्यक

ssapana44@gmail.com' jamuna aryal
२७ चैत्र २०७५, बुधबार १७:४७

काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ का लागि करिव ५ अर्ब रुपैयाँ आवश्यक पर्ने बताएको छ ।

बुधबार संसदको अर्थ समितिमा विभागका महानिर्देशक सुमनराज अर्यालले जनगणनाका लागि चालु आर्थिक वर्षदेखि नै तयारी गर्नेपर्ने र २०७८ मा जनगणना सकिँदासम्म ४ अर्ब खर्च ८६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

‘कार्यालय ब्यवस्थापनदेखिका कामहरु गर्नुपर्ने हुन्छ र हामीले अहिलेदेखि नै तयारी सुरु गर्नुपर्ने भएकाले जनगणना सकिँदासम्म ४ अर्ब खर्च ८६ करोड खर्च हुने अनुमान गरेका छौं’ उनले भने । यससम्बन्धी प्रस्ताव विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ ।

देश संघीय संरचनामा गएकाले प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरी काम गर्ने योजना बनाइएको उनको भनाइ छ । केन्द्रदेखि स्थानीय तहसम्मको तथ्याङ्क संकलन गर्नुपर्ने भएकाले रकम अभाव नहोस भनेर सरकारसमक्ष प्रस्ताव लगिएको पनि उनले जानकारी दिए ।

५० हजार कर्मचारी चाहिने

महानिर्देशक अर्यालका अनुसार विभागले राष्ट्रिय जनगणना २०७८ का लागि ५० हजार कर्मचारी आवश्यक रहेको अनुमान गरेको छ । विभागले जनगणनाका लागि ६० वटा प्रश्न (प्रश्नावली) तयार पारिएको उनले जानकारी दिए ।

राष्ट्रिय जनगणना २०७८ को तयारीका सन्दर्भमा समितिले बुधबार विभागलाई बोलाएर छलफल गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१