काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितलाई ४० लाख भन्दा बढी सहयोग

ssapana44@gmail.com' jamuna aryal
२७ चैत्र २०७५, बुधबार १७:४२

काठमाडौं – काठमाडौं महानगरपालिकाले बारा र पर्साका आँधी पीडितका लागि ४० लाख भन्दा बढी सहयोग गरेको छ । यसअघि घोषणा गरेबमोजिम महानगरपालिकाले ४० लाख ३१ हजार ४ सय १३ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गरेको हो ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरे ।

केही दिन महानगरपालिकाको नगरकार्यपालिका बैठकले बारा र पर्साका आँधी प्रभावितका लागि महानगरपालिकाका तर्फबाट २५ लाख र जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकमध्येबाट एक दिनको तलब सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१