जुगल हिमालको पहिलोपटक सफल आरोहण

ssapana44@gmail.com' jamuna aryal
२७ चैत्र २०७५, बुधबार १०:३१

सिन्धुपाल्चोक – काठमाण्डौबाट नजिक रहेको जुगल हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– ३ गुम्बा गाउँमा अवस्थित जुगल हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुरो पर्दछन् ।

हिमाल आरोहणमा समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र मिलन लामाले मंगलबार अपराह्न ५ बजेर २० मिनेटमा आरोहण गर्नुभएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

नेपाल पर्यटन बोर्डका अनुसार उक्त हिमशृङ्खलामा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये छ हजार २५६ मिटरदेखि ६ हजार ९६६ मिटर उचाइका आठ चुचुरा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१