भारतले जारी गर्यो पाकिस्तानी विमान खसालेको तस्बिर, पाकिस्तानले भन्यो ‘यो वास्तविक होइन’

ssapana44@gmail.com' jamuna aryal
२६ चैत्र २०७५, मंगलवार १४:४४

पाकिस्तानले भारतीय वायुसेनाको त्यो दाबी खारेज गरेको छ जसमा भारतले फेब्रुअरी २७ मा पाकिस्तानको एफ–१६ लडाकू विमान नष्ट गरेको दाबी गरेको थियो ।

पाकिस्तानले सेनाको प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेर पटक–पटक झुटो बोलिराख्दा त्यो वास्तविक नहुने बताएका छन् ।

सोमबार आधा रातमा ट्वीट गरेर उनले भने, ‘पटक–पटक झुट बोल्दा त्यो साँचो हुँदैन । भारतीय वायुसेनासँग एफ–१६ खसालेको प्रमाण छ भने उनीहरुले त्यो किन पेश गर्दैनन् ? भारतको सीमातर्फ भएको क्षतीबारे पाकिस्तानको मौनतालाई नजरअन्दाज नगरियोस् । वास्तविकता यो हो कि पाकिस्तानी सेनाले भारतका दुई लडाकू जेट विमानलाई खसालेको थियो र यसका पार्टपुर्जा जमिनमा खसेको सबैले देखेका थिए ।’

यसअघि सोमबार भारतीय वायुसेनाले रडारबाट लिइएका केही तस्बिर जारी गरेको थियो ।

यी तस्बिरमार्फत् भारतले पाकिस्तानको त्यो दाबीलाई जवाफ दिएको थियो जसमा पाकिस्तानले २७ फेब्रुअरीमा आफ्नो कुनै पनि एफ–१६ लडाकू विमान नष्ट नगरेको बताएको थियो ।

भारतीय वायुसेनाले त्यतिबेला आफूहरुले पाकिस्तानको एफ–१६ लडाकू विमानलाई खसालेको बताएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१