अफगानिस्तानका बम विस्फोट, ५ को मृत्यु

ssapana44@gmail.com' jamuna aryal
२६ चैत्र २०७५, मंगलवार १३:२४

काबुल- पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार बम आक्रमणमा ज्यान गुमाउनेमा तीन अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक आतङ्ककारी समूहका सदस्य छन् ।

बाग्राम हवाई अखाडा नजिकै सोमबार साँझ भएको यस आक्रमणमा घाइते भएका अन्य अमेरिकी सैनिकलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ ।

पार्वान प्रान्तको बाग्राम जिल्लाको पुल ए बरिकमा भएको यस आत्मघाती आक्रमणमा बाटो हिँडिरहेका पाँच बटुवा पनि घाइते भएका अफगान जिल्ला प्रमुखले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए ।

स्थानीय समयानुसार सोमबार साँझ ५:४५ बजे सो आक्रमण भएको थियो । घाइते भएका सर्वसाधारणलाई नजिकैको सरकारी अस्पताल लगिएको प्रहरी प्रमुख नकिब खोहस्तिनीले जानकारी दिए ।

अफगानिस्तानको राजधानी काबुलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बाग्राम हवाई अखाडा नजिकै अमेरिकी र नेटो सैन्य शिविर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१