चलचित्र ‘लभ स्टेशन’ले उल्लेख्य कारोबार, ३ दिनमा २ करोड कमाई

ssapana44@gmail.com' jamuna aryal
२४ चैत्र २०७५, आईतवार १८:४१

काठमाण्डाै – शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको चलचित्र लभ स्टेशनले पहिलो दिनदेखि नै उल्लेख्य कारोबार गरेको छ ।

प्रदर्शनको पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको चलचित्रको अकुपेन्सी शनिबार ८० प्रतिशतभन्दा माथिको रह्यो । 

चलचित्रका निर्माता गोविन्द शाहीका अनुसार शुक्रबार र शनिबार गरेर सिनेमाले झण्डै डेढ करोडको कारोबार गर्‍याे। शनिबार बिहानको शोमा खराब मौसमले चलचित्रको कारोबारमा असर पुगे पनि दिउँसो र बेलुकाको शोमा चलचित्रको कारोबार राम्राे भएको थियो ।

शनिबार गोपिकृष्ण मुभिजका ४ वटा हल, अष्ट नारायणका  २ वटा  ओटा हल, गुण सिनेमाका ३ वटा हल, काठमाण्डौका सबै मल्टिप्लेक्सहरुसँगै देशभरका हलहरु हाउसफुल रहे ।

आइतबार पनि चलचित्रको कारोबार आक्रामक नै रहेको निर्माता शाहीले जानकारी दिएका छन् । आइतबार बिहानै देखिको कारोबार हेर्दा चलचित्रले तीन दिनमा दुई करोड भन्दा माथिको कारोबार गर्ने पक्का भएको शाहीले बताएका छन् । 

उज्ज्वल घिमिरे निर्देशित यो चलचत्रिमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना, रश्मि पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाले छायांकन गरेको लभ स्टेशनमा शम्भुजीत बास्काेटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१