भिक्षु अश्वघोषको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

ssapana44@gmail.com' jamuna aryal
२४ चैत्र २०७५, आईतवार १४:१०

काठमाडौं– शुक्रबार निधन भएका थेरवाद बुद्ध धर्म भिक्षु महासंघका संघनायक भिक्षु अश्वघोषको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

आइतवार बसेको मन्त्रिपरिषद बैठकले भिक्षु अश्वघोषको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको थियो ।

करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवर्द्धनमा लागेकाका ९४ वर्षीय भिक्षु अश्वघोषले करीब १५० कृतिहरू प्रकाशित गरेका भिक्षु तपस्सी धम्मले जानकारी दिए । दिवङ्गत भिक्षु अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकारसमेत थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१