सीएनएन हिरो बस्नेतकाे ‘पुतलीकाे घर’ सार्वजनिक

ssapana44@gmail.com' jamuna aryal
२२ चैत्र २०७५, शुक्रबार १९:२८

काठमाण्डाै – ‘झुसैझुस भएको कीराले सपना देख्छ रे, एक दिन रङैरङ पुतली बनेर उड्ने । जसलाई हामी झुसिलकीरा भनेर हेला गर्छौं, परपर धपाउँछौँ, राम्रो घाम, हरियो पात र रसिलो फलफूल खान पायो भने त्यही झुसिलकीराले जुनी फिर्छ । सुन्दर पुतली बन्छ ऊ ।’

‘मलाई लाग्छ, समाजले झुसिलकीरा ठानेर जेलमा पुर्‍याइएका मेरा प्रत्येक छोराछोरी सुन्दर पुतली हुन् । मात्र मौका चाहिएको छ, उनीहरुलाई झुसबाट निक्लिएर पुतली बनेर संसार डुल्नका लागि । म चाहन्छु मेरो घर त्यस्तो एक मौका बनोस् मेरा छोराछोरीका लागि । उनीहरु त्यहीँबाट जुनी बदल्न सकून् । प्रत्येक ‘झुसिलकीरा’ पुतली बनेर उड्न सकोस् ।’

माथिका हरफ अभिभावकको गल्तीका कारण अनायकमै जेल जीवन बिताउन बाध्य बालबालिकालाई उद्धार गरी उनीहरुको शैक्षिक उन्नयनका लागि आफूलाई समर्पित गर्नुभएकी समाजसेवी पुष्पा बस्नेतको जीवनीमा आधारित पुस्तक ‘पुतलीको घर’ को अंश हो । त्यही झुसिलकीराझैँ कारागारमा बस्न बाध्य बालबालिकालाई रङ्गीन पुतली बनाउने अभियानमा जुट्नुभएकी पुष्पा बस्नेतको जीवन भोगाइ समेटिएको ‘पुतलीको घर’ पुस्तकको शुक्रबार एक कार्यक्रमबीच लोकार्पण गरियो । पत्रकार एवं लेखक विजयकुमार पाण्डेले उक्त पुस्तकको लोकार्पण गर्नुभयो ।

पुस्तक सार्वजनिक गर्दै उहाँले कारागारभित्र रहेका बालबालिकाको उद्धार गरी उनीहरुको सफल जीवनका लागि पुष्पाले उदाहरणीय कर्म गरेको बताउनुभयो । अहिलेको दुनियाँ गणितीय जीवन जीउँदै आएको सन्दर्भमा पुष्पाले आफ्नो जीवनलाई सङ्गीतको लयमा हिँडाएको उल्लेख गर्दै पत्रकार पाण्डेले यस पुस्तकले युवा पुस्तालाई सामाजिक सेवामा लाग्ने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । 

‘पुतलीको घर’का लेखक एवं पत्रकार घनश्याम खड्काले एउटी युवतीले पाएको असफलता र त्यहाँबाट उम्कन उनको हृदयले तय गरेको बाटोको कथाका रुपमा पुस्तक सार्वजनिक भएको उहाँले बताउनुभयो । पुस्तकमा ‘सीएनएन हिरो’ र ‘सीएनएन सुपरहिरो’को उपाधि विजेता पुष्पाको जीवनका आरोहअवरोहलाई विभिन्न पक्षपाटोलाई मौलिकरुपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१