वन अधिकृत अचलकुमार ढुंगानाको आकस्मिक निधन

ssapana44@gmail.com' jamuna aryal
२२ चैत्र २०७५, शुक्रबार १०:३९

काठमाडौं- नियमित स्वास्थ्य परीक्षण गराउन ललितपुरको मेडिसिटी अस्पताल पुगेका डिभिजनल वन कार्यालय ललितपुरका वन अधिकृत अचलकुमार ढुंगानाको आकस्मिक निधन भएको छ ।

सामान्य असहजतापछि चेकजाँच गर्न अस्पताल पुगेका उनको अस्पतालभित्रै आकस्मिक निधन भएको हो । उनलाई वन कार्यालयकै सवारी चालक राजेश पुरीले अस्पताल पुर्‍याएका थिए । ढुंगानाले नियमित परीक्षणका लागि डाक्टरको समय भने आज (शुक्रबार)लाई लिएका थिए ।

तर शारीरिक असहजता बढेको भन्दै उनी बिहीबार नै अस्पताल पुगेका थिए । अस्पताल पुगेका उनको त्यही निधन भएको हो ।

ढुंगानालाई सामान्य रुघाखोकी लागेको भए पनि अहिलेसम्म कुनै रोग देखा नपरेको परिवार स्रोतले जानकारी दिएको छ। नेपाल रेन्जर संघका पूर्व अध्यक्ष समेत रहेका ढुंगाना विगत ६ महिनादेखि ललितपुरको वन कार्यालयमा कार्यरत थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१