हैदरावादविरुद्ध ओपनिङ बलिङ गरेका सन्दीपको प्रदर्शन प्रभावशाली भएन

ssapana44@gmail.com' jamuna aryal
२२ चैत्र २०७५, शुक्रबार ०९:५५

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदराबादबिरुद्धको खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सको ओपनिङ बलिङको अवसर पाए पनि प्रभावशाली देखिएनन् ।

सन्दीपले आफ्नो स्पेलको ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । जारी आईपीएलमा उनले ३ खेलमा चौथो विकेट लिएका हुन् । आफ्नो स्पेलमा सन्दीपले ३ चौका र १ छक्का ब्यहोरे ।

हैदराबादले १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टोली दिल्लीका लागि स्पिनर सन्दीपले पहिलो ओभरमा ६ रन खर्चिए ।

दिल्लीबाट लगातार तेस्रो खेलमा अवसर पाएका सन्दीपको बललमा पहिलो ओभरमै हैदराबादका जोनी बेरिस्टोले चौका प्रहार गरेका थिए ।

आफ्नो स्पेलको दोस्रो ओभरमा पनि विकेटविहीन बनेका सन्दीपले १३ रन खर्चिए । 

बेरिस्टोले पहिलो र दोस्रो बलमा छक्का र चौका प्रहार गरे । ओभरको पाँचौं बलमा डेभिड वार्नरबिरुद्ध एलबीडब्ल्यूको अपील गरे पनि अम्पायरले दिएनन् । सन्दीपकै दवाबमा कप्तान श्रीयास आयरले टिभी अम्पायरको साहरा लिएका थिए । तर, फिल्ड अम्पायरको निर्णय परिवर्तन भएन ।

नवौं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका सन्दीपले ५ रन खर्चिए । आफ्नो अन्तिम ओभरको अन्तिम बलमा उनले विकेट लिए । १६ औँ ओभर बलिङ गरेका सन्दीपले अन्तिम बलमा दीपक हुड्डालाई कागिसो रावाडाको हातबाट क्याच आउट गराएका हुन् ।

सन्दीपले आफ्नो अन्तिम ओभरमा १ चौकासहित ८ रन खर्चिए ।

यसअघिका २ खेलमा सन्दीपले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१