पुरुषका लागि गर्भनिरोधक चक्कीको परीक्षण

ssapana44@gmail.com' jamuna aryal
२१ चैत्र २०७५, बिहीबार १७:२४

काठमाडौं – महिलाहरूमा जस्तै पुरुषका लागि पनि गर्भनिरोधक चक्कीको परीक्षण गरिएको छ। हालै विज्ञहरूको मेडिकल सम्मेलनले यसको परीक्षण गरेको हो। दैनिक एउटा चक्कीको प्रयोगले पुरुषहरूको वीर्य उत्पादन रोक्नेछ। गर्भनिरोधको उपायका रूपमा पुरुषका लागि हालसम्म कन्डम र स्थायी बन्ध्याकरण मात्र विकल्प थिए। यी दुवैको सट्टा चक्की स्वागतयोग्य विकल्प भएको बताइएको छ।

इन्डोक्राइन समाजका चिकित्सकको वार्षिक बैठकले यो चक्की बजारमा आउन अझै एक दशक लाग्न सक्ने जनाएका छन्। जब कि महिलाका लागि यो चक्की बेलायतमा ५० वर्षअघि नै आइसकेको थियो। किन पुरुषका लागि चक्की बन्न धेरै समय लाग्यो ? यस विषयमा कसैले यसको सामाजिक तथा आर्थिक प्रभाव कम पर्ने अनुमान गरेका थिए। यसको प्रयोगमा महिलाले कति विश्वास गर्छन् भन्ने विषय पनि छँदै थियो।

बेलायतको एन्जिला रस्किन युनिभर्सिटीले सन् २०११ मा गरेको सर्वेक्षणअनुसार एक सय ३४ जना महिलामध्ये ७० जनाले पुरुषले चक्की नियमित प्रयोगमा आशंका व्यक्त गरेका थिए। शारीरिक रूपमा यो हर्मोनले पुरुषको यौन र वीर्य उत्पादन क्रिया गुम्दैन भन्ने कुरामा चुनौती दिएको छ। हर्मोनको प्रयोगको असर अस्थायी रूपमा पर्छ। पुरुष गर्भनिरोधक चक्कीको एल बायोमेड र वासिंगटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूबाट परीक्षण गरिरहेका छन्। यो उद्देश्य पूरा गर्ने उनीहरूले जनाएका छन्। प्रारिम्भक रूपमा ४० जना पुरुषले सुरक्षित रहेको बताएका छन्। उनीहरूले हालै भएको इन्डोक्राइनहरूको बैठकमा बताएका छन्। २८ दिनसम्म भएको सो अध्ययनमा १० जनाले डम्मी पिल लिएका थिए भने ३० जनाले पेलेस्वो पिल प्रयोग गरेका थिए।

प्रयोग भएका चक्कीमध्ये ‘एन्डोरजेन’ औषधि रहेको चक्कीले सबैभन्दा राम्रो काम गरेको थियो। पलेस्वोको तुलनामा यसको प्रयोग भएका मानिसहरू सामान्य अवस्थामा फर्किहालेका थिए। यसको असर अत्यन्त कम र सामान्य प्रकारको थियो। तीमध्येमा पाँच पुरुषले यौनेच्छा घटेको र दुईजनाले भने सामान्य यौन समस्या देखिए पनि यौनेच्छा नघटेको बताएका थिए। अन्य सहभागीले भने यो सुरक्षित रहेको दाबी गरेका थिए।

अनुसन्धानपछि प्रा. क्रिस्टिना वाङ र सहकर्मीहरू उत्पे्ररित भएका थिए तर प्रतिवेदनको विषयमा सतर्क थिए। ‘हाम्रो परिणामले यो सुझाव दिन्छ कि यो चक्क जसमा दुई किसिमको हर्मोनको एउटै काम हुन्छ, यसल वीर्य उत्पादन घट्नेछ तर यौनेच्छालाई सुरक्षित राख्नेछ,’ उनले भनिन्। तर यसको चक्कीको थप विश्वसनीयताका लागि ठूलो र लामो समय अनुसन्धान हुनुपर्नेछ। तर उनीसँगै बेलायती सहकर्मीहरूले यो हर्मोनलाई शरीरको जेलका रूपमा प्रयोग गर्ने प्रयास गरिरहेका छन्। प्रयोगकर्ताहरूले उनीहरूले यो जेललाई शरीरको पछिल्लो भाग र कुममा प्रयोग गरिरहेका छन्। जुन छालामार्फत सोस्छ। प्रोजेस्टोन हर्मोनले प्राकृतिक रूपमै वीर्य उत्पादनलाई कम गर्छ। यो जेल शरीरमा प्रयोग गरेपछि यौन क्रिया र वीर्य उत्पादन दुवै क्रियालाई सुचारु राख्ने गरी प्रयोग भइरहेको छ।

केही समयदेखि वासिंगटन विश्वविद्यालयको मेडिकल स्कुलका डा. वाङ र स्टेफानाइनले ‘डामु’ नामक अर्को पुरुष गर्भनिरोधक चक्कीको परीक्षण गरेका थिए। उनीहरूले सयजनामा यो परिक्षणबाट पर्याप्त रूपमा सु्रक्षित भएको सुझाएका छन्। अन्य वैज्ञानिकहरूले प्रत्येक महिना लामो समय काम गर्नेै हर्मोनबारे जानकारी दिइरहेका छन्। जेल पोलिमर मेटिरियल लिंगको बायाँ र दायाँ पाइपबाट दुई पुरुषमा दिइएको थियो। यो हर्मोनबिना नै निर्माण गरिएको थियो। यसले लामो समय पुरुषमा गर्भनिरोधकको काम गरेको थियो। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१