प्रदिप राई
क्वालाम्पुर मलेसिया, ३१ अगस्ट । मलेसियाको शाहलमस्थित वुकितनागामा कार्यरत मकवानपुरका एक युवकको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
शुक्रबार खानखाएर सुतेका मकवानपुर चुरियामाइका सोमबहादुर मोक्तान को सुतेकै अवस्थामा मृत्यु भएको उनका ज्वाई जनम थिङ्ले जानकारी दिए ।
थिङ् र मोक्तान एउटै कम्पनीमा कार्यरत थिए ।
६ वर्षअघि रोजगारीका सिलसिलामा मलेसिया आइपुगेका मोक्तान सिसा पसलमा कार्यरत थिए ।
उनी केही महिनाअघि मात्रै नेपाल पुगेर फर्किएका थिए ।
मोक्तानको शवलाई अस्पताल राखिएको छ । आवस्यक प्रक्रिया पुर्याएर नेपाल पठाइने थिङले जानकारी दिए । मोक्तानका मकवानपुरमा १ छोरा र १ छोरी छन् ।
प्रतिक्रिया