हावाहुरी पीडितलाई प्रदेश दुई सरकारले चारकोठे पक्की घर बनाइदिने

ssapana44@gmail.com' jamuna aryal
२० चैत्र २०७५, बुधबार १९:५५

धनुषा –  बारा र पर्साका विनाशकारी हावाहुरी पीडितहरुलाई प्रदेश दुई सरकारले चारकोठे घर पक्की घर बनाइदिने भएको छ ।

प्रदेश दुईका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा गठित ५ सदस्यीय राहत तथा उद्धार उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । आइतबार विनाशकारी हावाहुरी आएसँगै साेमबार बिहान बसेकाे प्रदेश दुईकाे मन्त्रिपरिषद् बैठकले समिति गठन गरेकाे थियो ।

चार महिनामा निर्माण हुने पक्की घरमा तीनवटा कोठा, एउटा भान्छाकाेठा र एउटा शौचालयसमेत हुने समितिले जनाएकाे छ । सम्पूर्ण पीडितहरुलाई बनाइदिने एउटा यस्तो घर निर्माण गर्न ५ लाख रुपैयाँ लाग्ने मन्त्री यादवले बताउनुभयो ।

यस विषयमा मन्त्री यादवले बुधबार बसेको प्रदेशसभा बैठकमा समेत जानकारी गराउनुभएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१