घाइतेहरुको उपचारमा प्रदेश सरकार गम्भीर: मुख्यमन्त्री राउत

ssapana44@gmail.com' jamuna aryal
२० चैत्र २०७५, बुधबार १९:२७

काठमाडौं –  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

काठमाडौंमा आज भएको विशेष पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले हावा–हुरीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धञ्जली व्यक्त गर्दै घाइतेहरुको उपचार तथा पीडितहरुको पुनर्वासका लागि प्रदेश सरकारले तदारुकता देखाइरहेको बताएका हुन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

उनले नेपालकै इतिहासमै यस्तो घटना कहिल्यै नदेखिएको बताउँदै यो दुःखद् घडीमा सहयोगी हातहरुको खाँचो रहेको बताए । उनले स्थानीय नेता, गाउँपालिकाका प्रमुख, प्रदेश सरकारका जिम्मेवार व्यक्तिहरु पीडितहरुको उद्दार तथा राहतमा कटिवद्ध भइरहेको जानकारी गराउँदै केन्द्र सरकारले गरेको कामको  प्रशंसा गरे । केन्द्र सरकारले ज्यान गुमाउनेहरुका पीडित प्रत्येक परिवालाई तीन–तीन लाख दिने सरकारी निर्णय सह्रानीय रहेको बताए ।

‘हावाहुरीमा परी घाइते भएकाहरुको उपचारमा प्रदेश सरकार गम्भीर बनेको छ, पीडितलाई कुनै पनि किसिमले दुःख हुनुहुँदैन, उपचार र राहात तथा पुनर्वासका लागि प्रदेश सरकारले तदारुकता देखाइरहेको छ’ मुख्यमन्त्री राउतले भने, ‘ यो दुःखद्को घडीमा सबैको सयोग चाहिन्छ, नियम कानून नमिल्न सक्छ, तर जिम्मेवार संघसंस्थाले आ–आफ्नो क्षेत्रमाबाट जिम्मेवारीपूर्वक भूमिका निभाउनुपर्छ । घाइतेहरुको उपचारका लागि काठमाडौंका जुनसुकै अस्पताल ल्याउनुपर्छ भने पनि हामी तयार छौं । जहाज पनि तयारी अवस्थामा छ ।’

उनले आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको र सो समितिले राहत र खाद्यान्नको व्यवस्था मिलाइरहेको भन्दै सोही समितिले दिएको सुझावका आधारमा प्रभावितलाई पुनर्बासको व्यवस्था गरिने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१