बार्सिलोनाले भिल्लारियलसँग ४—४ गोलको बराबरी

ssapana44@gmail.com' jamuna aryal
२० चैत्र २०७५, बुधबार १२:१५

एजेन्सी – स्पेनिस ला—लिगाको शीर्ष टोली बार्सिलोनाले भिल्लारियलसँग बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलसँग ४—४ गोलको बराबरी खेलेको छ ।

खेलको अन्तिम समयमा गोल गर्दै बार्सिलोनाले भिल्लारियलसँग अंक बाड्न सफल भएको हो । खेलको ९० औं मिनेटमा कप्तान लियानेल मेस्सी र अतिरिक्त समयमा लुइस स्वारेजले गोल गर्दै टोलीलाई पराजित हुनबाट जोगाएका थिए ।

त्यसअघि खेलमा शुरुआती अग्रा लिएको बार्सिलोनाका लागि फिलिपे कोन्टिन्होले १२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसको ४ मिनेटपछि १६ औं मिनेटमा मेलकोमले गोल गर्दै २—० को अग्रता दिलाएका थिए ।

बार्सिलोनाविरुद्ध भिल्लारियलका स्यामुअल चुकुवाजेले २३ औं, ५० औं मिनेटमा कार्ल टोको इकाम्बी, भिसेन्ट इबोराले ६२ मिनेटमा र कार्लोस बाक्काले ८० औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए ।

बराबरी खेलेको बार्सिलोनाको ७० अंकरहेको छ भने भिल्लारियलको ४३ अंकरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१