बारा-पर्साको हावाहुरीबाट त्रसित सर्वसाधरण, यस्तो छ अबको तीन दिनबारे मौसम पूर्वानुमान

ssapana44@gmail.com' jamuna aryal
१९ चैत्र २०७५, मंगलवार ०९:५९

काठमाडौं – बारा र पर्सामा आइतबार राति आएको चक्रवातबारे जल तथा मौसम पूर्वानुमान महाशाखाले पत्तो नै नपाएपछि उसले अविश्वसनीयताको सामना गर्नुपरेको छ ।

भारतको मौसम विभागले खतरा रहेको सचेत गराए पनि नेपालको मौसम महाशाखाले केही पनि पत्तो लगाउन सकेन । यसलाई अप्रत्यासित भनिएको छ । यो चक्रपातपछि मौसम महाशाखा अझ बढी प्रविधियुक्त हुनुपर्छ भन्ने चर्चा चलिरहेको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान प्रक्षेपण गरेको छ । 
मंगलबार दिउँसो देशको पुर्वी लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।

अपरान्ह पश्चात  देशको पुर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिएको महाशाखाले जनाएको छ ।

 मंगलबार राति देशको पुर्वी भूभाग लगायात मध्य पहाडी भुभागमा आंशिक बदली रहनेछ बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पुर्वी भूभागका एक दुइई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 बुधबार

मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशको पुर्वी भुभाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी भूभागहरुमा आंशिक बदलि रहनेछ ।  

अपरान्ह पश्चात देशको पुर्वी पहाडी भूभागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

बुधबार राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ ।  

 बिहीबार 
मौसम पूर्वानुमान महाशाखाले बिहीबार चैत २१ गते दिउँसो देशको पुर्वी भुभाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागहरुमा आंशिक बदलि रहने जनाएको छ ।  

अपरान्ह पश्चात देशको पुर्वी पहाडी भूभागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भु(भागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 बिहीबार राति देशका पहाडी भूभागहरुमा आंशिक बदली रहने छ भने बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१