प्रज्ञा जोशी ५० लाख ठगी गरेको आरोपमा पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७५, मंगलवार ०६:४०

काठमाडौं । आइतबार कलाकार तथा निर्माता प्रज्ञा जोशी इटहरीमा पक्राउ परेकी छिन् ।उनलाई ५० लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । लामो समयदेखि फरार रहेकी कलाकार तथा निर्माता प्रज्ञा जोशीलाई इटहरीबाट पक्राउ गरिएको प्रहरीले जानाएको छ ।

इटहरीमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको बताइएको छ । सुवर्णकुमारी श्रेष्ठले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी दिएको आधारमा कलाकार तथा निर्माता प्रज्ञा जोशीलाई पक्राउ गरिएको बताइएको छ । कलाकार तथा निर्माता प्रज्ञा जोशीले थुप्रै चलचित्र निर्माण र अभिनय गरेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१