लगानी सम्मेलनमा किन उठेन युरेनियमको विषय ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७५, मंगलवार ०५:३६

काठमाडौँमा हालै सम्पन्न भएको लगानी सम्मेलनमा १६ वटा परियोजनामा लगानी गर्ने सम्झौता भयो । पूर्वाधार विकास, जलस्रोत लगायतका क्षेत्रमा आएको लगानी प्रतिबद्धतासंगै अपार सम्भावना भएको क्षेत्र भने ओझेलमा पर्यो ।

नेपालमा ठूलो क्षेत्रफलमा युरेनियम खानी रहेको प्रमाणित भैसकेको छ र सरकारले यस विषयमा विधेयक बनाइरहेको चर्चामा आए पनि लगानी सम्मेलनमा यस विषयमा भने कुरा नै उठेन । जलश्रोतमा सबैले लगानी गर्न तयार भए पनि नेपालको युरोनियम खानीमा भने कसैले आवाज उठाएनन् र यसप्रति कसैको ध्यान पनि गएन ।

नेपालको मुस्ताङको लोमाङथाङमा ठूलो क्षेत्रफलमा युरेनियम खानी रहेको खानी तथा प्रमाणित भैसकेको छ । मुस्ताङको लोमाङथाङ क्षेत्रमा करिब १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइमा युरेनियम रहेको भेटिएको छ । जलस्रोतको धनी मुलुक नेपालमा इन्धनका लागि जलविद्युत नै पर्याप्त हुने भए पनि युरोनियम उत्खनन् गर्न सके यसबाट खर्बौं डलर आर्जन गर्न सकिन्छ ।

युरेनियम इन्धन र परमाणु हतियार बनाउन प्रयोग गरिन्छ । युरेनियमको बजारमूल्य १५० देखि २३० डलर प्रतिकेजी छ । अध्ययनका क्रममा लगभग चार हजार मिटर उचाइको लोमाङथाङ युरेनियमका लागि नयाँ क्षेत्रका रुपमा भेटिएको हो । युरेनियम क्षेत्र फैलिएको लम्बाइ, चौडाइ र गहिराइ, परिमाण तथा गुणस्तर पत्ता लगाएपछि थप कुरा प्रकाशमा आउनेछ । विभागले यसको थप अध्ययनका लागि सरकारसँग बजेट माग गरेको बताइएको छ । ने

नेपालमा युरेनियम अन्वेषणको काम भने १९८० को दशकबाटै भएको थियो । लामो समय अन्वेषण भए पनि यसमा उल्लेख्य प्रगति भने हुन सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१