जोसेफ स्कुलका एसकेजी र कक्षा आठका विद्यार्थीहरु भए दीक्षित (फोटो फिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७५, मंगलवार ०५:१९

काठमाडौं । उत्कृष्ट विद्यालयको रुपमा परिचीत जोसेफ हाई स्कुल तथा आइ जोसेफ पब्लिक स्कुलले दीक्षान्त समारोह सम्पन्न भएको छ। राष्ट्रिय सभा सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा विद्यालयकै प्राङ्गणमा आयोजित एक भव्य समारोहका बीच कक्षा एसकेजी र कक्षा आठका विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो ।
जोसेफ स्कुलका सस्थापक प्रिन्सिपल सुर्यबहादुर अधिकारीले आउँदा बर्षहरुमा ब्याचलर लेवलको पढाई शुरुगर्ने साथै यस क्षेत्रको एक नमूना विद्यालय बनाउने आफ्नो योजना रहेको बताउनु भयो।
प्रमुख अतिथि कोमल वलीले कार्यक्रममा बोल्दै बालबालिकाको पहिलो पाठशाला भनेको आमाको काख र घर नै भएकोले आमाबाबुले जस्तो शब्दहरू उच्चारण गर्‍यो, जस्तो व्यवहार गर्‍यो बालबालिकाले त्यही सिक्छन, बालबालिकाको मस्तिष्क एकदम उर्वर हुने र जिज्ञासु हुने भएकोले नयाँ नयाँ कुरा सिक्न र बुझ्न् खोज्ने हुन्छन् । त्यस्लाई अभिभावकले बुझ्न नसकेमा बालबालिकालाई नराम्रो असर पर्ने बताउनु भयो। बालबालिकाको मनोभावना बुझेर ठुलो मान्छेले असल संस्कार सिकाउनु नै अभिभावकको दायित्व रहेको बताउनु भएको थियो।


दीक्षान्त समारोहमा राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना ,बुढानिलकण्ठ वडा १० र १२ का वडाध्यक्ष नवराज भट्टराईर शम्भु भट्टराई, महिला सञ्जालका अध्यक्ष बिन्दा गौतम र सावित्री भट्टराई, सज्जन महिला साकोसकि अध्यक्ष सिमा पुरी, महानगरीय प्रहरी प्राभागका प्रमुख प्रहरी निरीक्षक मिनबहादुर कुँवर, प्रहरी नायव निरीक्षक अर्जुन गिरी, युवा संघका निरन्ज नेपाल,, कपन अन्लाईनका पून्यराज पुडासैनी, परिवर्तन खबरका ध्रुर्ब घिमिरे तथा एचटिभी खबरका सबिन पन्त “पृथक” लगायत अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१