उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुरा

ssapana44@gmail.com' jamuna aryal
१८ चैत्र २०७५, सोमबार १८:५७

उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन नगरे मुटुसम्बन्धी रोगको जोखिम उच्च हुन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्ति स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ ।

उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु :–

–दैनिक पाँच ग्राम भन्दा कम नुन खाने ।
– चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने ।
–सन्तुलित खाना र प्रशस्त मात्रामा सागसब्जी र फलफूल खाने ।
– शारीरको तौल कायम राख्ने ।
– तनावमुक्त रहने ।
– नियमित शारीरिक व्यायम गर्ने, सक्रिय रहने ।
– धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने ।
– वयस्क व्यक्तिले वर्षमा एकपटक नियमित स्वास्थ्य जाँच गराउने ।
– उच्च रक्तचाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि सेवन गर्ने ।
– मदिरा सेवन नगर्ने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१