दुई दिनको तलब कांग्रेस सांसदले हावाहुरी पीडितलाई दिने निर्णय

ssapana44@gmail.com' jamuna aryal
१८ चैत्र २०७५, सोमबार १८:३२

काठमाडौं – नेपालीले काँग्रेसले संघीय सभा, राष्ट्रिय सभाका काँग्रेसका सांसदको दुई दिनको तलब दिने निर्णय गरेको छ ।

सिंहदरवारमा सोमबार बसेको काँग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

गएराति बारा र पर्सामा आएको हावाहुरीले घर टहरा भत्काउँदा २७ जनाको मृत्यु भएको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् ।

घाइतेहरुको उद्दार जारी रहेको छ । अकल्पनीय घटनाप्रति कांग्रेसले दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१