काठमाडौं । ‘सुन्दर शहर हामी सबैको रहर, स्वस्थ वातावरण स्वस्थ जीवन’ भन्ने नाराका साथ काठमाडौंको चक्रपथ सरसफाई महा- अभियानले १०३ औ हप्ता पार गरेको छ ।
काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोकवहादुर टण्डनले अगुवाई गरेको चक्रपथ सरसफाई महा-अभियानले शनिवारदेखि १०३ औं हप्ता पुरा गरेको छ ।
प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्मफोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।
सडकको दायाबायां सार्बजनिक ठाउमा बर्षौ देखि फालिएका हरेक किसिमका फोहोरहरु निकै मेहनतका साथ घीन नमानी उठाउने कार्य भएपछि अहिले त्यो क्षेत्रको अनुहार बदलिएको छ । तर अझै पनि फोहर उठाउदै जाने अनि सोही क्षेत्रका नागरिकहरुले यत्रतत्र फोहर फाल्न भने छाडेका छैनन ।
ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानले १०१ हप्ताबाट घरदैलो अभियानलाई जोड दिएको छ ।
१०३ औ हप्तामा आइपुग्दा घरदैलो कार्यक्रमलाई प्राथमिकता संगै सबैजना जनचेतना संगै अगाडी बढाउने र फोहोर हुनै अभियानमा लाग्ने सरसफाई अभियानका अभियन्ताहरुको भनाइ रहेको छ । ३०० जनाको सहभागिता रहेको घरदैलो कार्यक्रममा १० टन फोहोर समेत संकलन गरिएको थियो ।
सडकमा मात्र नभई भित्रि बस्तीमा पनि जथाभावी फालिने फोहोरमैलाले बटुवालाई मात्र हैन, पसल र घरमा बस्ने मानिसहरुलाई समेत असर गर्न थालेपछि घरदैलो सरसफाईमा अभियान थालिएको अभियानका संयोजक लोकबहादुर टण्डनले बताए ।
प्रतिक्रिया