तेक्वान्दो खेलाडी छनोट

ssapana44@gmail.com' jamuna aryal
१७ चैत्र २०७५, आईतवार ०८:११

काठमाण्डौँ – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ तेक्वान्दो छनोटमा काठमाडौंबाट सहभागी हुने खेलाडीको टुंगो शुक्रबार लागेको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा आयोजना गरेको जिल्ला छनोटबाट खेलाडीको टुंगो लागेको हो ।

पुरुष ५४ केजीमुनि शैलेश गिरी, ५८ केजीमुनि रमेश तामाङ, ६३ केजीमुनि याक्सन राई, ६८ केजीमुनि प्रेम स्याङ्तान, ७४ केजीमुनि सुरज कालीकोटे, ८० केजीमुनि दिवेश श्रेष्ठ, ८७ केजीमुनि धर्मराज वाइबा र ८७ केजीमाथि मोहम्मद हमिद रहेका छन् । महिला ४६ केजीमुनि अस्मिता महर्जन, ४९ केजीमुनि जोसना पौडेल, ५३ केजीमुनि चाँदनी विश्वमित्र, ५७ केजीमुनि कृतिका चौलागाईं, ६२ केजीमुनि पुष्पा राई, ६७ केजीमुनि रसिका खतिवडा, ७३ केजीमुनि रेम्सेन भुजेल र ७३ केजीमाथि सुष्मा गुरुङ छन् ।

एकल पुम्सेको पुरुषमा रामचन्द्र गोपाली तथा महिलामा अनु लामा छनोट भए । पेयर पुम्सेमा राम र अनुले प्रतिस्पर्धा गर्ने भएका छन् । ग्रुप पुम्सेमा रामचन्द्रसहित मोहम्मद राज आलम र अमिन राउत छानिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१