आईपीएल, कलकत्ताविरुद्ध दिल्लीको रोमाञ्चक जित

ssapana44@gmail.com' jamuna aryal
१७ चैत्र २०७५, आईतवार ०७:५९

काठमाडौ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सामेल टोली दिल्ली क्यापिटल्सले सुपर ओभरमा कलकत्ता नाइट राइडर्सलाई पराजित गरेको छ । कलकत्ताले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्ली १ सय ८५ रनमा समेटिएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले एक विकेट गुमाएर १० रन बनाएपछि कलकत्ताले पाएको ११ रनको लक्ष्य पुरा गर्न नसक्दा कलकत्ता पराजित भयो ।

कलकत्ता यसअघिका दुवै खेलमा विजयी हुँदा नायक बनेका आन्द्रे रुसेल दिल्लीविरुद्ध पनि उत्कृष्ट ब्याटिङ गरेका थिए ।तर, सुपर ओभरमा उनको ब्याटिङ नचल्दा कलकत्ता पराजित भएको छ ।

सुपर ओभरमा दिल्लीका कागीसो रबाडाको पहिलो बलमा कलकत्ताका आन्द्रे रुसेलले चौका प्रहार गरे । दोस्रो बलमा रन जोड्न नसकेका रसेल तेस्रो बलमा बोल्ड भएका थिए । चौथो बलमा कलकत्ताका रोविन उथाप्पाले १ रन जोडे र पाँचौमा कार्तिकले पनि १ रनमात्र जोड्न सके । अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा उथाप्पाले १ रन मात्र जोडेपछि रोमाञ्चक बनेको खेलमा घरेलु मैदानमै दिल्ली विजयी भयो ।

खेललाई सुपर ओभरमा पु¥याउन कलकत्ताका कुलदीप यादवले खेलको अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे । उनले अन्तिम १ बलमा लगातार २ विकेट लिदै दिल्लीलाई सुपर ओभरका लागि बाध्य बनाएका थिए ।

दिल्लकिा लागि युवा खेलाडी पृथ्वी श्वाले क्यापिटल्सले कलकत्ता नाइट राइडर्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरे । टस हारेर पहिलो ब्याटिङको म्तिो पाएको कलकत्ताले दिएको १ सय ८६ रनको लक्ष्य पाएधको दिल्लीलाई समान १स य ८५ रनमात्रै बनाउन सक्यो ।

दिल्लीका पृथ्वी श्वाले ९९ रन बनाए । उनले ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, दिल्लीका लागि कप्तान श्रयस अयरले ४३ रन, शिखर धवनले १६ रन रिसभ पन्तले ११ रन र कोलिन इनग्रामले १० रन बनाएका थिए ।

दिल्लीविरुद्ध कुलदिप यादवले उत्कृष्ट बलिङ गर्दै दिल्लीलाई बराबरी रनमा रोक्न सफल भएका थिए । दिल्लीव्रिरुद्ध अन्तिम ओभर बलिङ गर्न आएका कुल्दीपले अन्तिम २ बलमा लगातार २ विकेट लिएपछि खेल बराबरीमा रोकिएको थियो । त्यस्तै, दिल्लीविरुद्ध लोकिइ फारगुसन, पियुस चावला र आन्द्रे रुसेलले समान एक—एक विकेट लिए ।

त्यस्तै, दिल्लीविरुद्ध पहिलो ब्याटिङ गरेको कलकत्ताका लागि घरेलु टोलीविरुद्ध कलकत्ताका आन्द्रे रुसेलले आक्रामक ब्याटिङ गरेका थिए । उनले २८ बलको सामना गर्दै ६ छक्का र ४ चौका प्रहा्र गरेका थिए । त्यस्तै, कप्तान दिनेश कार्तिकले पनि अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ५० रन बनाए ।

कलकत्ताविरुद्ध दिल्लकिा लागि नेपाली लेग स्पिनर सन्दीप् लामिछानेले १ विकेट लिएका थिए । जुन दिल्लीका लागि पहिलो विकेट थियो । उनले निखिल नायकको विकेट लिएका थिए ।

पहिलो ओभरमा ५ बल डट फालेका उनले १ रन खर्चिएका थिए । दोस्रो ओभरमा ६ रन खर्चिएका सन्दीपले निखिल नायकको विकेट लिएका थिए । तेस्रो ओभरमा शुबमन गिललाई रनआउटसहित ३ रन खर्चिएका सन्दीप चौथो केही मंहगो साबित भए । उनले २ छक्का र १ चौकासहित १७ रन खर्चिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१