२४ सैँ घण्टाको सुरक्षाबाट कसरी बाहिरियो एसईईको प्रश्नपत्र ?

ssapana44@gmail.com' jamuna aryal
१६ चैत्र २०७५, शनिबार ०९:५४

काठमाडौं –  माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनमा सरकारको चरम लापरवाही देखिएको छ। परीक्षामा त्रुटिपूर्ण प्रश्नपत्र छाप्नेदेखि परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिनेसम्म घटना भएका छन्। 

प्रश्नपत्र छाप्नुअघि परीक्षा नियन्त्रक र उनले रुचाएका अन्य कर्मचारी प्रेसमा पुग्छन्। प्रश्नपत्र छाप्नका लागि जनक शिक्षा सामग्री केन्द्रको अति सुरक्षित ‘सेक्युरिटी प्रेस’ प्रयोग हुन्छ। 

त्यहाँ जानुअघि प्रेसलाई मेजरको नेतृत्वमा रहेको नेपाली सेनाको टोलीले सिल गरिसकेको हुन्छ। छापाखानाभित्र जानुअघि पनि नियन्त्रक तथा अन्य कर्मचारीलाई नेपाल प्रहरी तथा सेनाको टोलीले पूर्ण चेकजाँच गर्छन्। 

पूर्वपरीक्षा नियन्त्रक अम्बिका रेग्मी भन्छन्, ‘हामीलाई सामान्य हाफ पाइन्ट मात्र लगाएर भित्र छिराइन्छ। त्यसपछि भित्र गएपछि मात्र अन्य कपडा लगाउन दिइन्छ।’

परीक्षा नियन्त्रकसहितको टोली छापाखानाभित्र छिरेपछि त्यहाँ काम गर्ने जनक शिक्षाका कर्मचारीलाई पनि पूर्ण सुरक्षा जाँच गरेर पठाइन्छ। काम गर्नुअघि उनीहरुलाई प्रश्नपत्र छपाइको क्रममा कुनै पनि बदमासी नगर्ने शर्त राखेर हस्ताक्षर समेत गराइन्छ। त्यसपछि छपाइ कार्य सुरु हुन्छ।

प्रश्नपत्र छपाइ भइरहँदा छापाखाना परिसरमा तीन तहको सुरक्षा घेरा हुन्छ। सबैभन्दा पहिलो घेरामा नेपाली सेना, दोस्रोमा सशस्त्र प्रहरी र तेश्रो घेरामा जनपथ प्रहरीले सुरक्षा दिने रेग्मीले जानकारी दिए। 

प्रश्नपत्र छापिसकेपछि मुलुकभरका परीक्षा केन्द्रका लागि छुट्टाछुट्टै पोको बनाइन्छ। ती पोकालाई आवश्यकता अनुसार कोड नम्बर दिएर सम्बन्धित जिल्लामा पठाइन्छ। तर हरेक केन्द्रका लागि छुट्टाछुट्टै पोका बनाएपछि कोड भने एकै हुन्छ। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१